कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

१० राजदूतलाई ओली सरकारले फिर्ता बोलाउँदै (सूचीसहित)

काठमाडौं, २३ जेठ । नेपाल कम्युष्टि पार्टी (नेकपा) ले विभिन्न १० मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी थालेको छ । कार्य दक्षतामा समस्या देखिएको भन्दै १० वटा देशबाट राजदूत फिर्ता बोलाउन लागिएको समाचार स्रोतले जानकारी दिएको छ । यसरी फिर्ता गर्न लागिएका अधिकांश कांग्रेस, राप्रपा र तत्कालीन फोरम लोकतान्त्रिकबाट राजदूत बनेकाहरु...

June 6th, 2018

बर्दियाको मधुवनी नगरपालिकाका वडाअध्यक्ष विद्युत चोर्दा–चोर्दै पक्राउ

काठमाडौँ । बर्दियाको मधुवनी नगरपालिका–२ का वडा अध्यक्ष पहाडी थारु विद्युत चोरी गर्दागर्दै पक्राउ परेका छन् । आइतबार राती १० बजेतिर हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीले थारुलाई नियन्त्रणमा लिएका थिए । गुलरियाको सानोश्री एरियामा विद्युत चोरीरहेको अवस्थामा पक्राउ परेका वडा...

June 4th, 2018

सुन तस्करी प्रकरण : घले कारागार चलान

विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका आरोपी छिरिङ वाङगेल घलेलाई जिल्ला अदालतन मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।   फरार सूचीमा रहेका उनले आइतबार अदालतसमक्ष आत्मसमर्पण गरेका थिए। कानुन व्यवसायीमार्फत् अदालतको सम्पर्कमा पुगेलगत्तै उनको बयान लिइएको थियो। बयान सकिएपछि जिल्ला न्यायाधिवक्ता...

June 3rd, 2018

साढे ३३ किलो सुन तस्करी र सनम हत्याका अभियुक्त छिरिङ वाङ्गेल घलेले पनि गरे आत्मसमर्पण

काठमाडौं, २० जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त छिरिङ्ग वाङ्गेल घलेले पनि आत्मसमर्पण गरेका छन् । सुन तस्करी प्रकरणका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’ र एसएसपी श्याम खत्रीपछि घलेले आज मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । गृह मन्त्रालयले गठन गरेको सुन...

June 3rd, 2018

काठमाडौंका विभिन्न डान्स–रेष्टुरेण्टहरुमा प्रहरीको छापा

काठमाडौं– राजधानीको ठमेल, गोंगवु तथा बानेश्वर क्षेत्रमा संचालित होटल तथा डान्स रेष्टुरेण्टहरुमा नाबालिक किशोरीहरुलाई जबर्जस्ती काममा लगाएको सूचनाका आधारमा प्रहरीले छापा मारेको  छ । ठमेलको वेवो डान्स रेष्टुरेण्ट, गोंगवुको रिभर साईड डान्स रेष्टुरेण्ट, रक डान्सबार, सिभिला डान्स रेष्टुरेण्ट, डेविटफल डान्स रेष्टुरेण्ट, स्टेज डान्स बार, नयाँ बानेश्वरको टाईगर टप रेष्टुरेण्ट...

May 31st, 2018

१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गरेका हुन् ।   सरकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब...

May 29th, 2018

क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गरेको आरोपमा अन्जनसहित ६ पक्राउ

काठमाडौँ पाथिभरा च्यानल  — नेपालमा बसेर अवैध रुपमा अन्तर्राष्ट्रिय क्रिकेट तथा फुटबल प्रतियोगितामा अनलाइन बेटिङ (सट्टेबाजी) गरेर ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले फुटबलमा म्याच फिक्सिङको मुख्य आरोप लागेका नेपाली फूटबल टीमका पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।   काठमाडौं प्रहरी परिसरका...

May 29th, 2018

फोरम सरकारमा आउने, नेकपा र फोरमबीच दुई बुंदे सहमति

काठमाडौं, १४ जेठ । अन्ततः संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी हुने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच सोमबार बिहान संविधान संशोधन तथा सरकारमा सहभागिताबारे दुई बुंदे सहमति भएको छ प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली,...

May 28th, 2018

संसद्‌मा नेम्वाङले भने, ‘नीति तथा कार्यक्रम फूलको आँखामा फूलै संसार…’

काठमाडौँ पाथिभरा च्यानल – फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार …। नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै यो उत्कृष्ट रहेको धारणा व्यक्त गरे ।   संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा शुक्रबार उनले भने,...

May 25th, 2018

अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा उक्लिए,को हुन् शेष घले ?

काठमाडौं ११ जेठ। गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् । अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले हिजो...

May 25th, 2018