कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

एक किलो सुनको लोभले गुम्यो २८ लाख, नक्कली सुन बेच्ने दुई पक्राउ

काठमाडौं, ६ बैसाख । नक्कली सुन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । एक फरार छन् । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा–७ घर भइ हाल भक्तपुरको सल्लाघारी बस्दै आएका ३० वर्षीय अजय तामाङ र २५ वर्षीय विष्णु मोक्तान छन् । झापा घर बताउने कर्ण लिम्बू फरार...

April 19th, 2018

सांसदलाई मुद्दा लागे अब स्वतः निलम्बन, कार्वाहीमा परे नयाँ निर्वाचन

काठमाडौं, ४ बैसाख : विगतमा सांसदहरुले मर्यादा विपरीत काम गर्दा पनि कुनै कार्वाही नहुने गरेको गुनासो आइरहेका बेला अब सांसदहरुलाई पनि ‘नाके डोरी’ लगाउन नियम कानूनलाई कडा बनाउन लागिएको छ । प्रतिनिधिसभा नियमवाली बन्ने क्रममा छ । एमालेका सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले काम गरिरहेको छ...

April 17th, 2018

ओली सरकार आएपछि विदेशी लगानी ७० प्रतिशत बढ्यो

काठमाडौं, २ बैसाख : चालु आर्थिक वर्षमा नेपालमा ७० प्रतिशत भन्दा बढी विदेशी लगानी बढेको छ । चालु आर्थिक वर्षको ८ महिनामा करीब सवा १४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मुलुक भित्रिएको जनाइएको छ ।अघिल्लो वर्ष भएको लगानी सम्मेलनमा करीब साढे १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । वास्तविक रूपमा भित्रिएको रकमको...

April 15th, 2018

समाजै गुहार्दा पनि बलात्कृत

रात पाथिभरा च्यानल ,रात छिप्पिँदै थियो । बस्ती पनि सुनसान बन्यो । धनुषा, बिषरभोराकी १४ वर्षीया किशोरी सुतेको घरको ढोका लगातार ढकढक्याइयो । बुवा–आमा घरमा नरहेकाले ती किशोरीले ढोका खोल्न मन गरिनन् । तर, ढोका थपथप्याउने क्रम नरोकिएपछि उनी बाहिरिन् । त्यही उनका लागि अभिशाप बन्यो ।   ‘परिचित’ दुई युवामध्ये एकले किशोरीलाई नियन्त्रणमा लिन...

April 13th, 2018

नापी प्रमुख घुससहित पक्राउ

उदयपुर — नापी कार्यालय उदयपुरका प्रमुख ५० हजार रुपैयाँ घुससहित बिहीबार बिहान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले नापी प्रमुख श्यामबाबुप्रसाद साहलाई उनकै निवासबाट घुससहित पक्राउ गरेको हो । सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सा सुधार र संशोधन गरिदिने भन्दै साहले २ लाख रुपैयाँ घुस मागेका थिए । २...

April 12th, 2018

राज्यको ढुकुटीमा बढ्दै मनोमानी, अनियमित खर्च ५ खर्ब ५ अर्ब पुग्यो

काठमाडौं, २९ चैत : नेपालमा प्रचलित कानुन मिचेर राष्ट्रको ढुकुटी खर्च गर्ने प्रवृति मौलाउँदै गएको छ । नेपालमा कानून उल्लंघन गरी मुलुकको ढुकुटीबाट भएको अनियमित खर्चको रकम ५ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष (२०७३–७४) सम्मको बेरुजु रकम ३ खर्ब ९६ अर्ब रुपैयाँ थियो । महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदनअनुसार...

April 12th, 2018

२९ वर्षपछि असन्तुष्ट बन्दै डीआइजी खरेलले दिए राजीनामा

काठमाडौं, २८ चैत : प्रहरी संगठनमा २९ वर्ष सेवा गरेका प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले अन्नतः असन्तुष्ट बन्दै राजीनामा दिएका छन् । प्रहरी महानिरीक्षक (आइजीपी) मा दावेदारमध्येका एक खरेल सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आइजीपी बढुवा गरेपछि असन्तुष्ट बनेका थिए । असन्तुष्टिका बीच उनले बुधबार गृह मन्त्रालयमा राजीनामा बुझाएका हुन्...

April 11th, 2018

दुवै पार्टीलाई सहज हुनेगरी एकता : प्रचण्ड

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता गर्ने बताएका छन् । उनले एकतासम्बन्धी कार्यदलका प्रतिवेदनहरु आइसकेकाले त्यसलाई अब छिटै वाम एकता संयोजन समितिबाट टुंग्याएर एकता घोषणा गर्ने जानकारी दिए । माओवादी संसदीय दलको बुधबारको बैठकमा बोल्दै दाहालले एकतासम्बन्धी राजनीतिक प्रतिवेदनमा मत मिलिसकेको तर विधानका...

April 4th, 2018

भारत भ्रमणमा देशको शिर निहुरिने कुनै सम्झौता हुन्न : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आसन्न भारत भ्रमणका क्रममा देशको शिर निहुरिने र लज्जाबोध हुने कुनै सहमति, सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपालको हितविपरीत सहमति, सम्झौता नगर्ने प्रस्ट्याएका हुन् । ‘हामी भारतसँग अविश्वासरहीत, आशंकारहीत सम्बन्ध कायम गर्न चाहन्छौं’ उनले भने, ‘देशको शिर...

April 3rd, 2018

ओलीको भारत भ्रमण टोलीमा राजेश हमाल

नयाँ दिल्ली — प्रधानमन्त्रीसँगै भारत भ्रमणमा आउने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहनेछन् । ती कलाकारहरु मध्ये एक जना चिरपरिचित अनुहार पनि छन् । ती हुन् अभिनेता राजेश हमाल । स्रोतका अनुसार नयाँ दिल्लीमा रहँदा प्रमको बलिउडका प्रतिष्ठित कलाकारहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय...

April 2nd, 2018