कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

राष्ट्रपति बन्न खनाल–भण्डारीको रस्साकस्सी, कसलाई कसको साथ ?

काठमाडौं, २२ फागुन : आउँदो फागुन २९ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनका लागि दलहरुले आज उम्मेद्वार छान्दै छन् । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, दलहरु अहिलेसम्म कसलाई उम्मेद्वार बनाउने भन्ने टुङ्गोमा पुग्न सकेका छैनन् । राष्ट्रपति उम्मेद्वार छान्ने आज अन्तिम दिन भएका कारण उम्मेद्वार खडा...

March 6th, 2018

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौं, २१ फागुन : नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति रहेका शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले ४४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेका छन् । संसदीय दलको नेता छान्न ६३ जना सांसदले मतदान गरेका थिए । सभापति शेरबहादुर देउवा र पूर्व...

March 5th, 2018

निर्देशक राजेन्द्र खड्गी जेल चलान

 पाथिभरा च्यानल काठमाडौं । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप लागेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ ।   जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ । जिल्ला न्यायाधीश टेकनारायण पौडेलको...

March 4th, 2018

मजदुरले ज्याला नपाएपछि मेलम्चीको काम ठप्प

काठमाण्डौं, २० फागुन : राजधानीबासीले प्यास मेट्ने गरी पानी पिउने दिन नजिकिंदै गरेको अनुमान गरिरहेका बेला वहुप्रतिक्षित मेलम्चीको काम भने ठप्प बनेको छ । चालु काम रोकिएपछि आयोजना थप पछि धकेलिएको छ । २०७५ साल वैशाखमा आयोजनाको सबै काम पूरा गरी राजधानीमा पानी ल्याइने पछिल्लो पटकको लक्ष्य पनि पूरा नहुने...

March 4th, 2018

हजारौंले बाचन गरे बुद्ध वचन, बन्ला त विश्व रेकर्ड ?

१९ फागुन, काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।   कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए । पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर...

March 3rd, 2018

नेत्रविक्रम चन्द ‘विप्लव’को नाममा पक्राउ पुर्जी जारी

काठमाडौं, १६ फागुन । काठमाडौं नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का नाममा पक्राउ पुर्जी जारी भएको छ । कपिलबस्तु जिल्ला प्रहरीले विप्लवको घरमा प्रक्राउ पुर्जी जारी गरी टाँसेको छ । उनलाई भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको...

February 28th, 2018

एमाले-फोरम वार्ता सहमतिनजिक : तीन विषयमा सहमतिको तयारी

काठमाडौँ — उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने निश्चित भएको छ । सत्तारुढ एमालेसँगको वार्ता सहमतिनजिक पुगेसँगै फोरम सरकारमा सहभागी हुने निश्चित भएको हो । वार्तामा सहभागी एमालेका एक नेताका अनुसार फोरमले संविधान संशोधनलाई ‘फेस सेभ’का लागि अडान यथावत् राखेको छ। ‘संविधानमा बीचको बाटो खोल्ने सहमति भएको छ,’...

February 27th, 2018

सांसद रेशम चौधरीले अदालतमा गरे आत्मसमर्पण

काठमाडौं: सांसद एवं टीकापुर काण्डका फरार अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । उनी जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् । फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी भारी मतान्तरले विजयी भएका थिए । ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित...

February 26th, 2018

एफ .एल. एफ अवार्ड २०७४ को विभिन्न विधाको नोमिनेशन सार्बजनिक

निर्देशक तथा कलाकार दिपा श्री निरौलाको प्रमुख आतिथ्यमा पुरानो बानेश्वर स्थित हट क्लिप होटलमा भब्य कार्यक्रमको बिच बिभिन्न विधामा एफ.एल एफ अवार्डको नोमिनेसन सार्वजनिक गरिएको छ | एस एम एस भोटिङ दारा निष्पक्ष रुपमा रुपमा अवार्ड बितरण गरिने भएकोले सम्बन्धित श्रस्टा लाई चाडै नै भोटिङ कोड उपलब्ध गराइने छ...

February 18th, 2018

प्रधानमन्त्री ओलीलाई मोदीको बधाई

पाथिभरा च्यानल : काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् ।   टेलिफोन संवादमा मोदीले आफु प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको धारणा ब्यक्त गरेका छन्। मोदीले नेपालको...

February 16th, 2018