कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

नवनियुक्त चिनियाँ राजदूत सोङ नेपाल आईपुगे

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आएका छन् । आइतबार काठमाडौं आइपुगेका उनले नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् । चेन नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन् । यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई...

January 8th, 2023

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, पद यथावत रहने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले...

January 6th, 2023

पूर्वराजा शाहसँग रवीन्द्र मिश्रको भेट, राजसंस्था अपरिहार्य भएको निष्कर्ष

काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । पूर्वराजा शाहसँग आफ्नो १५ वर्षपछि भेट भएको उनले खुलाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै मिश्रले पूर्वराजासँगको तस्बिर पनि सेयर गरेका छन् । उनले पूर्वराजासँग आफ्नो डेढ घन्टा लामो कुराकानी भएको जानकारी दिए ।...

January 5th, 2023

प्रचण्डको योजना : सचिवालयमा सिनियर टिम, युवा सांसदलाई मन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा सांसदलाई मन्त्री बनाउने योजना बनाएका छन्। ३ स्वतन्त्रसहित ७ दलबाट १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका उनले आफ्नो कार्यकाल स्वर्णिम बनाउन अनुभवी नेताहरुको मुख्य सहयोग लिन चाहेपछि युवा सांसदलाई सरकारमा लिन खोजेका हुन्। धेरै दल र सांसदको समर्थन रहेकाले माओवादीले कति मन्त्रालय पाउँछ यकिन छैन,...

December 30th, 2022

कियाचु इमानसिंह चेम्जोङ पुरस्कार निशेष आङदेम्बेको ‘थिक् नेशेन्’लाई

ललितपुर । निबन्धकार निशेष आङ्देम्बेकाे कृति ‘थिक् निशेन्’ लाई कियाचु इमानसिं चेम्जोङ पुरस्कार दिइने भएको छ । आङ्देम्बेलाई जनवरी एकमा मनाइने १२० ओैँ इमानसिं चेम्जोङ जन्मजयन्तीका अवसर पारेर साे पुरस्कार दिइन लागेको हाे । गत डिसेम्बर २१ मा बसेकाे कियाचु नेपालकाे सचिवालय बैठकले आङ्देम्बेकाे कृतिलाई उत्कृष्ट ठहर गर्दै यस वर्ष...

December 29th, 2022

धरानमा एकल महिलाको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई थुनामा पठाउने आदेश

१४ पुस, धरान । समूहमा आएका महिलाहरुको कुटपिटपछि घाइते भई मृत्यु भएकी धरान १३ की एकल महिला उषा राईको हत्या मुद्दामा सुनसरी जिल्ला अदालतले आरोपित ३ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आरोपित एक जना भने धरौटीमा छुटेका छन् । न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलाशले उषा राईलाई...

December 29th, 2022

माओवादी प्रदेश १ संसदीय दलको नेतामा इन्द्र आङ्बो सर्वसम्मत

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन् । आज बसेको माओवादी संसदीय दलको बैठकले आङ्बोलाई दलको नेता चयन गरेको हो । आङ्बो पाँचथर प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् । प्रदेश १ मा प्रत्यक्ष ९ र समानुपातिकर्फ ४ गरी माओवादीका...

December 27th, 2022

सरकारको प्रवक्तामा विष्णु पौडेल, रवि लामिछाने मानेनन्

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी समेत दिइएको छ । सोमबार साँझ बसेको पहिलो मन्त्रिपरिषद्ले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिए पनि उनले उक्त प्रस्ताव नमानेपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

December 27th, 2022

विश्वप्रकाशले भने : कांग्रेस अहिले एम्बाप्पे भयो, धेरै सिट जितेर पनि कप अर्कैले लग्यो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता हेरफेरलाई कतारमा सम्पन्न विश्वकप फुटबलसँग तुलना गरेका छन्। पोखरामा आयोजित साहित्य महोत्सवलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।  ‘तपाईंहरुलाई थाहा छ नि! विश्वकपमा सबैभन्दा बढी गोल एम्बाप्पेले हान्यो। मंसिर ४ को निर्वाचनमा कांग्रेसले धेरै सिट जित्यो’, उनले भने, ‘एम्बाप्पेले धेरै गोल...

December 26th, 2022

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा...

December 25th, 2022