कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित

नेपालले पहिलो खेलमा आज नामिबियालाई पराजित गरेको हो। नेपालले १४ बल बाँकी छदैँ २ विकेटले जित निकालेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामेबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै २८७ रन जोड्यो। नेपालको जितका लागि ओपरक कुशल भुर्तेलको...

February 14th, 2023

प्रधानमन्त्री दाहाललाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

काठमाडौं, २७ माघ । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन् । उनी आगामी सोमबार काठमाडौं आउने भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको निम्तो दिनेगरि उनी काठमाडौं ओर्लन लागेका हुन् । नेपाल बसाईको क्रममा उनले परराष्ट्र सचिव, परराष्ट्रमन्त्री डा. विमला पौड्याल र प्रधानमन्त्री दाहालसँग भेटवार्ता...

February 10th, 2023

नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा जाँदैछ : विप्लव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका छन्। उनले काठमाडौंस्थित नाँचघरमा आज पत्रकार सम्मेलनमा बोल्दै नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका हुन्। उनले ६३ सालपछि गणतन्त्र आएको र संघियता यावत कुराहरु गरिएको तर एकपछि अर्को वर्ष ठूलाठूला राजनीतिक र आर्थिक...

February 8th, 2023

रविलाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रचण्डको प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन्।  शनिबार साँझ ६ बजे प्रधानमन्त्रीलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए। बालुवाटार भेटमा प्रचण्डले रविलाई सो प्रस्ताव गरेका हुन्। प्रधानमन्त्री प्रचण्डको सो प्रस्तावपछि अहिले पार्टी कार्यालय बसुन्धारामा रास्वपाको आकस्मिक बैठक जारी...

February 5th, 2023

आज सोनाम ल्होसार, तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौ ।  सोनाम ल्होछारको अवसरमा आज तामाङ समुदायले विशेष कार्यक्रम आयोजना गरेर मनाउँदै छ । तामाङ समुदायले हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउछ ।  देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो...

January 22nd, 2023

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमान झापामा अवतरण

बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ। आज बिहान ७ बजेर २५ मिनेटमा उडेका श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो।  नेपालगन्जबाट काठमाडौंका लागि उडेको उक्त विमान भिजिबिलिटी कम भएपछि झापामा आवतरण गरिएको थियो। ...

January 20th, 2023

गायन समाज ताप्लेजुङको अध्यक्षमा गायक दिपक लिम्बु निर्वाचित

काठमाडौं । गायन समाज ताप्लेजुङ(काठमाडौं)को गत माघ ३ गते काठमाडौमा सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पहिलो नेपाली तारा बिजेता गायक दिपक लिम्बुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नयां कार्यसमितिको उपाध्यक्षहरुमा आशीष भट्टराई, मोहन मादेन, सुसन साम्शोहाङ र तारा थेवे, महासचिवमा मेघराज मगराती, सचिवमा कन्चन थलङ,...

January 19th, 2023

यती जहाज दुर्घटनामा मृतक संख्या ६८ पुग्यो : प्राधिकरण

आज पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुने संख्या ६८ पुगेको छ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हालसम्म मृतक संख्या ६८ रहेको छ।   विमानमा चार जना चालकदलबाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ यात्रु रहेका थिए।  पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको...

January 15th, 2023

२० लाख धरौटी बुझाएर कारागारबाट रिहा भए सन्दीप

काठमाडौं। नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन्। सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी जम्मा गरेका थिए। उच्च...

January 13th, 2023

सार्वजनिक बसमा यात्रा गर्दै गृहमन्त्री रबि

काठमाडौं, २८ पुष। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेले सार्वजनिक बसमा यात्रा गरेका छन्। उनी आज चितवन जाँदै गर्दा काठमाडौं विमानस्थलभित्रबाट प्लेनसम्म सार्वजनिक बसमा गएका छन्। गृहमन्त्री लामिछानेका प्रमुख सहयोगी दिपक बोहराले फेसबुकमा लामिछाने सार्वजनिक बसमा चढेको भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘चितवन जाँदै छौ !

January 12th, 2023