राजनीति

ओलीको प्रस्तावबारे छलफल गर्न खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू आज छलफल गर्न लागेका छन्। सोमबार उनीहरू भर्चुअल रूपमा छलफल गर्न लागेका हुन्। ‘ओलीले राखेका प्रस्तावबारे आज छलफल गर्दैछौं। समय तय भइसकेको छैन। भर्चुअल रूपमा...

June 7th, 2021

विपक्षी गठबन्धनले राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने (वक्तव्य)

विपक्षी गठबन्धनले राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ। आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहितको बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कार्य प्रतिगामी भएको पनि बैठकले ठहर गरेको...

May 22nd, 2021

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो...

May 22nd, 2021

राष्ट्रिय सभा उपनिर्वाचन आज: नेपाल पक्षले साथ नदिँदा गृहमन्त्री थापाको जित कठिन

गृहमन्त्री रामबहादुर थापा दल त्यागको कारबाहीमा परेपछि राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि आज (बिहीबार) मतदान हुँदैछ। यसअघि उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित बागमती प्रदेशमा बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको हो। चुनावमा सत्तारूढ एमालेका तर्फबाट गृहमन्त्री थापा र एमालेकै नेपाल पक्षको समेत सहभागितामा...

May 20th, 2021

देउवालाई प्रधानमन्त्री बनाउन नसकिने डा. बाबुराम भट्टराईको संकेत, अघि सारे चार प्रस्ताव

काठमाडौं, २९ बैसाख । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिक संकट निवारणका लागि सर्वदलीय सरकार गठनको अवधारणासहितका चार प्रस्ताव अघि सारेका छन् । माइक्रो ब्लगिङ साइट ट्वीटरमा उनले चार वटा प्रस्ताव अघि सारेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार सबै दलको...

May 12th, 2021

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, कांग्रेसलगायत दलका ४० सांसदको हस्ताक्षरसहित आज (आइतबार) प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । जसमा नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । जसमा नयाँ...

May 9th, 2021

राष्ट्रियसभा सदस्यमा थापा र देवकोटाको उम्मेदवारी दर्ता

मकवानपुर : नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा  शुक्रबारर उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेका छन्। गृहमन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न...

May 7th, 2021

विमला वलीले रोजिन् माओवादी, लुम्बिनीमा एमालेको बहुमत नपुग्ने

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीको निर्णयसंगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल वहुमत गुमेको छ ।...

May 2nd, 2021

कर्णालीको सन्देशः ओलीदेखि राईसम्म कोही पनि सुरक्षित छैनन्

काठमाडौं। एमालेको एकल बहुमत रहेको कर्णाली प्रदेशमा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत हुने र एमाले नेता यामलाल कँडेल मुख्यमन्त्री हुने सिधासिधा राजनीति थियो। तर, राजनीति सरल रेखामा अगाडि बढ्दैन। एमालेकै सांसदहरुले फ्लोर क्रस गरेर शाहीको सरकार जोगाइदिए। मुख्यमन्त्री बन्न तयारी अवस्थामा रहेका कँडेल जिल्लिए। कर्णालीमा...

April 16th, 2021

ओली पक्षकै १ र नेपाल पक्षका ३ सांसदको मत पाउँदा माओवादी मुख्यमन्त्री शाहीको पद सुरक्षित

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत पाएका हुन्। सो प्रदेशका एक सांसदका अनुसार एमालेकै केहि सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मत हालेपछि उनको पद सुरक्षित भएको हो। ‘प्रधानमन्त्री केपी ओली पक्षकै एकजना एमाले सांसद र माधव नेपाल पक्षका...

April 16th, 2021