लाम्दाक सेवारो एल्बमको गीतहरुको रेकर्डिङको तयारीमा गायक आशा हाङ आङबो

सिक्किमका गायक आशा हाङ आङबो लाइ बहुप्रतिभाशाली व्यक्ति को रुपमा चिनिन्छ | उहाँ नृत्य अभिनय र गायनमा पोख्त हुनुहुन्छ | हरपल
सृजनामा लागिरहनुहुने आशा हाङ आङबोको सिक्किममा आफ्नै पहिचान र परिचय छ | करिब छ बर्ष संगीतको औपचारिक शिक्षा लिनुभएको गायक
आशा हाङ आङबो स्पस्ट बक्ता मेहिनेती लगनशील र मिलनसार हुनुहुन्छ | हाल सम्म धेरै स्टेज प्रोगामहरुमा आफ्नो गायन र अभिनयको प्रस्तुति
बाट लाखौ दर्शकहरु बाट प्रसंसा पाइसकेको छन् | त्यसैले होला आशा हाङ लाइ बहु प्रतिभाशाली व्यक्तिको रुपमा पनि हेर्ने गरिन्छ |
अहिले उहाँ लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारोको गीतहरु रेकर्ड गर्नको लागि  काठमाडौंमा हुनुहुन्छ | उहाँ लाई गायिकाहरु मनु नेम्वाङ सुनिता थेगिम र श्रेयशी चेम्जोङले स्वरमा साथ दिदै हुनुहुन्छ | पालम लोक


आधुनिक गजल र क्लासिकल लगायत सबै प्रकारको गीतहरु समेटिएको उक्त एल्बमका गीतहरुमा प्राज्ञ तथा संगीतकार अशोक लोहरुङ र गायक तथा
संगीतकार थोमस राईले एरेन्ज गरिरहेका छन् भने सबै गीतहरुको संगीत स्वयम् गायक आशा हाङ आङबोले नै गर्नुभएको छ |
करिब दुइ हप्तामा सम्पूर्ण गीतहरुको रेकर्ड सकेर केहि गीतहरुको भिडियो बनाउने योजना रहेको गायक
आशा हाङ आङबोले पाथीभरा च्यानल लाइ बताउनुभयो | लाम्धान एल्बममा समेटिएको गीतहरु हरेक दृस्टीले उत्कृस्ट भएकोले सम्भवत लिम्बु भाषाको
एल्बमहरुमा पृथक रहने कुरामा दुइमत छैन |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार