रिमा बिश्कर्माको अभिनयमा‘तिहार सम्झी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

निर्देशक समन अधिकारीको निर्देशनमा प्रत्येक बर्ष उत्कृस्ट म्युजिक भिडियो निर्माण हुदै आइरहेको छ | सोहि क्रममा २०७५ को तिहार कोसेली
‘तिहार सम्झी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक ‘तिहार सम्झी’ बोलको गीतमा गायिका प्रेक्षा लम्साल र गायक सचिन राईको
स्वर रहेको छ । ‘द भ्वाइस अफ नेपाल’ र ‘नेपाल आइडल’ मा आफूलाई उभ्याएकी प्रेक्षा लम्साल सांगीतिक क्षेत्रमा संघर्षरत गायिका हुन् ।

नेपालीहरुको महान पर्व तिहारमा टाढा रहेका दाजु भाईलाई आफ्ना दिदि बहिनीले तिहार सम्झी आउन र सँगै देउसी भैलो खेल्न आग्रह गरेको भावलाई
गीतमा उतारिएको छ ।


निर्देशक समन अधिकारीको शब्द संगीत रहेको उक्त गीतलाई चन्दु गोर्खालीले एरेन्ज गरेका छन् ।
नेपालीहरुको महान पर्व तिहारमा टाढा रहेका दाजु भाईलाई आफ्ना दिदि बहिनीले तिहार सम्झी आउन र सँगै देउसी भैलो खेल्न आग्रह गरेको भावलाई
गीतमा उतारिएको छ । म्युजिक भिडियोको छायांकन समन अधिकारीकै घर तोपगाछी झापा र काठमाडौंमा गरिएको छ |

गीतलाई रेस्क्यु क्रियसनको युट्युव च्यानलबाट बजारमा सार्वजनिक गरिएको हो । निकै नै मर्मस्पर्शी तिहार गीत ‘तिहार सम्झी’ को म्युजिक भिडियोमा
मोडल-नायिका रिमा विस्वकर्माको अभिनय रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा भुपेन्द्र तुम्बाहाङफेको छायाकंन र बिकाश धमलाको सम्पादन रहेको छ

भिडियो हेर्नुहोस्

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार