किरात राई सस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ्’ ( शिरफुल ) लाई युनिभर्सल सटिपिकेट

पाथिभरा च्यानल -भगीराज राईको निर्देशनमा निर्माण भएको किरात राई
सस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘सायाबुङ्’लाई चलचित्र बिकाश बोर्ड नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले
युनिर्भसल सर्टिफिकेट प्रदान गरेकोछ । यस चलचित्रको निर्देशक भगिराज राइले आफ्नो मिहेनतको कदर भएको ले आफु निक्कै उत्साहित भएको कुरा
पाथिभरा च्यानल लाई बताउनुभयो | सायाबूङ चलचित्रका नायक सौजन सुब्बाले यस चलचित्रको सफलता आफ्नो जिन्दगीको टरनिङ पोइन्ट भएकोले
आफुमा अझ जिम्मेबारी बढेको कुरा बताउनु भयो | र आगामी दिनमा पनि कलाकारिता लाई नै निरन्तरता दिने बाचा गर्नु भयो |

उच्च हिमाली भेगमा बसाेबास गर्ने किराती राई अादिबासिहरूकाे जनजीबनमा अाधारित कथा समेटिएकाे परम्परा गत जीवन
पदति, किरात सभ्यता,भाषा,सस्कार सस्कृति रितिरिवाज रहनसन,पहिचान अस्तित्वकाे दस्तावेज चलचित्र सायाबुङ ( सिरफुल )
पुर्बि पाचथरकाे माथिल्लाे भेग नेपाल
सिकिमकाे सिमानामा बसाेबास संगै गाेठ बसाएर जीवन चलाई रहेकाे गाेठालेहरूकाे जीवन शैली र किरातीहरूकाे अाफ्नै माैलिक कथालाई
चलचित्रमा समाबेस गरि प्रर्दशनमा ल्याउन लागेकाे चलचित्र सायाबुङ नेपाली भाषामा नै रहेकाे कथा,निर्मार्ण साया राई बताउछिन।
द पाल्म ग्रुप
ईन्टरटेनमेन्ट काे ब्यानरमा निर्मित चलचित्र सायाबुङ अल नेपाल हलमा रिलिज हुनु भन्दा पहिला नेपालकाे विभिन्न ठाउँ र बाहिर देश साउदि
अरब,भारतकाे अासाम,मणिपुर,सिकिम दार्जिलिङ,मिरिक, गान्ताेक,नाम्चि,कालेबुङ लगायत थुप्रै स्थानहरूमा प्रर्दशन हुने जानकारि निर्माता साया राईले
दिएकाेछिन। नेपाल भारत सिमाना पाँचथरका रमणिय पर्यटकिय एैतिहासिक स्थल,स्थान फालेलुङ,फालाेट सन्दकपुर,लब्रे सिलाैटि र भारतकाे
मणिपुरमा समेत छायाङकन रहेकाे चलचित्रमा कथा निर्माण साया राई लेखन निर्देशन भगिराज राईलेकाे रहेकाे छ। केही समय अघि नै छायाङकन
,सम्पादन भएता पनि पाेस्टप्राेडक्सन सहित अहिलेसममा 30 लाख लागत लागिसकेकाे चलचित्र सायाबुङमा भाषा,सस्कार सस्कृतिलाई प्राथामिक्ता
दिएता पनि सस्कार सस्कृति सङगै जातिय समाजले निर्मार्ण गरेकाे जातित्व घेरा भित्र गाेठालाे जीवन र बस्तिकाे युवतिकाे सास्कृतिक माया प्रेमलाई
त्रिकाेणात्मक प्रेम कथामा कतै सम्याेगान्त,बियाेगान्त मिलन बिछाेडमा पनि सिरफुल फुल्न,फुलाउन सजाउन सम्हाल्न बाध्य लिम्बुकाे
छाेराे गाेठालाे मिराक, गाेठ साहुकि छाेरि सुम्निमा,बाङा,पारूहाङ र साया बिचकाे अात्मियता सदभाब ,सम्बन्धलाई चलचित्रमा उतार्न प्रयास
गरिएकाे यश चलचित्रकाे निर्देशकले जानकारि दिएका छन।
नया कलाकारहरूकाे अनुहार नै रहेकाे यस चलचित्रमा साैजन सुब्बा,निसा राई,सगुन सुसरा,साया राई, राहुल बाेगिकाे राई,दर्पण राई,ज्ञान बा. राई
,दिब्या अाङदेम्बे,दिप्सन अाङबाे,उमेस राई,राज कुमार ईसारा, अादिकाे मुख्य भुमिका रहेकाे छ।शब्द,सङ्गीत भक्त सुनुवार,भगिराज,उदय नेम्बाङ,
गायनमा दिपक लिम्बू,रजिना रिमाल,दिपा लामा उदय नेम्बाङ गाैरिमान राई र भगिराज राईकाे अावज सुन्न पाईने चलचित्रमा देब जंग थापाकाे
छायाङकन,सम्पादन ,असाेक लाेहारूङ ,धनु ज्ञाङमिकाे पास्वं सङ्गीत रहेकाे छ भने राहुल राई बाेगिकाे,कल्पि साम्पाङ,श्री प्रसाद यवा,टाईसन केरूङ
,पदम लिम्बू( पावल ) किराँती चेलि (बिसन बिर्सना) नरेन्द्र चाम्लिङ, सुबु राई अरूणा राई तारा चाम्लिङ राई निर्माता रहेकाे छन।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार