

Pathibhara Channel, News portal from Nepal
पाथिभरा च्यानल – भारतको सिक्किमबाट पहिलो पटक लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ (पैचो) बन्ने भएको छ । चलचित्रको निर्माण युनिट अहिले लोकेशन हन्टिङमा जुटेको छ । चलचित्र छायाङकनका लागि सिक्किमको मार्ताम, हिगाउँ, केङबारी, बन्दुके, उत्तरे, हियुमाङ, थेगु, गेजिङ, यक्सुम, दाराप लगायतका ठाउँको अध्ययन, अवलोकन भइरहेको निर्माताद्वय मणि तम्लिङ र बिराज लिम्बूले बताए । सिक्किममा ग्रेजुएट लेवलमा अध्ययन, अध्यापन भइरहेको देउमान लिम्बूको उपन्यास ‘थेत्लङ’ लाई दृष्यमा उतार्न लागिएको हो । उपन्यासलाई पटकथा र संवादमा भने सागर केरुङले ढालेका छन् । लोकेशन हन्टिङको काम सम्पन्न भइसकेपछि चलचित्रको लागत अनुमान तयार हुने निर्माताद्वयले बताए । चलचित्रको छायाङ्कन आउँदो जनवरीदेखि गरिने निर्माण पक्षले जनाएको छ । चलचित्र सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित रहने बताइएको छ ।
सुप्रसिद्ध निर्देशक समन अधिकारीद्वारा निर्देशित तिज गीत ‘माइतीघरको सम्झना बोकेर’ को भिडिओ सार्वजनिक भएको...
तेस्रो रास्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड यहि मिति भाद्र १३ गते सनिबार दिनको...
रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ। जिल्ला प्रहरी कार्यालय...
भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ। बाढीपछि विभिन्न स्थानमा...