जब सेन्टा बनेर ओबामा अस्पताल पुगे…

काठमाडौँ — अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबमा सेन्टाक्लजको भेषमा राताे बोरा बोकेर बुधबार एउटा अस्पतालमा पुगेपछि उनलाई देख्ने सबै आश्चर्य चिकत बने ।

चिल्ड्रेन नेसनल अस्पतालका बिरामी बालबालिकाहरुलाई उपहार बोकेर उनी त्यहाँ पुगेका थिए । उपचार गराइरहेका बालबालिकाहरुलाई उपहार दिन पुगेपछि उनीहरु ओबामालाई देखेर अत्यन्तै खुसी र भावुक भएका थिए ।

ओबामाले बालबालिकाहरुसँग कुराकानी समेत गरेका थिए । अस्पतालमा उनले बिरामीका अभिभावक तथा आफन्तहरुसँग पनि भेटघाट गरे ।

अमेरिकाको ४४ औँ राष्ट्रपति बाराक ओबामा अहिले पनि वासिङटनमै बस्छन् । अघिल्लो वर्ष पनि उनी सेन्टाक्लजको भेषमा विद्यालय पुगेका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार