सरितालाई हराउँदै कलाकार संघको अध्यक्षमा रविन्द्र खडका विजयी

चलचित्र कलाकार संघको आज भएको निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । उनले अध्यक्ष पदकी उम्मेदवार सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका थिए । कुल खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत खसेको थियो ।

यस्तै, उपाध्यक्ष पदमा रेजिना उप्रेतीले २४३ मत ल्याएकी छिन् । उनी, निर्वाचनमै सर्वाधिक मत ल्याउने उम्मेदवार समेत हुन् । यस्तै, उपाध्यक्ष पदमा सानु कुमार ताम्राकारले १७५ मत ल्याएर विजयी भए । महासचिव पदमा चेतबहादुर सिंहले १८७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी उम्मेदवार संजय खतिवडाले १५६ मत ल्याएका थिए ।

सचिव पदमा पनाहा अधिकारीले १९४ मत ल्याएर विजयी हासिल गर्दै गर्दा उनको प्रतिस्पर्धी उम्मेदवार कविता गेलालले १६९ मत ल्याइन् । सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्यले २२० मत ल्याएर विजयी भइन् । उनको प्रतिस्पर्धी उम्मेदवार धन बहादुर बम्जनले १३३ मत ल्याएका थिए ।

निर्वाचन जितेपछि अध्यक्ष रविन्द्र खड्काले आफूले गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताए । यस्तै, अध्यक्षमा हार ब्यहोरेकी उम्मेदवार सरिता लामिछानेले चलचित्र कलाकार संघमा गैह्र कलाकार नआएको भन्दै रविन्द्रलाई शुभकामना दिएकी थिइन् ।
त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए ।

तस्बिर : दिपक राज पाठकको फेसबुक बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार