कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नेपाली कलाकारहरु चाडै मलेशिया बाट रिहा हुने

मलेशिया : मलेसियाको कोतारायामा जुन ६ तारीख अध्यागमन बिभाग मलेसियाले पक्राउ गरिराखेको नेपाली कलाकारहरुको निरन्तर फ्लोअफ कानुनी प्रक्रिया र सहयोग गरीरहेका छौ। नेपाल बाट निमन्त्रणा गरिएका ३ जना कलाकारहरुलाई भेटेरै कुराकानी भएको छ। बाकी २७ जना मलेसियामा कार्यरत श्रमिक र आयोजक पनि रहेका छ्न। इन्भेस्टिगेसन अफिसरको अनुसार आयोजक चाम्लिङ र रुद्र थेबे लिम्बु रहेकोे छन ।

नेपाल बाट निमन्त्रणा गरिएको गायिका सुनिता थेगिम लगायत अन्य कलाकारले बिना अनुमती /लासेन प्रस्तुती गरेको हुन्दा यहाको कानुन अनुसार जरिवाना गर्ने र रिहाई गरिने बताउनु भएको छ। सम्पुर्ण प्रक्रिया नेपाल दूतावास मलेसियाले पहल गरिरहनु भएको छ। यो प्रक्रिया चाडैं पुरागरी नेपाल पठाइने छ। आयोजक सस्थाको प्रतिनिधि मलेसिया बहिर बस्नुहुने इजरायलबाट आर्थिक लागतको लागि बारम्बार सम्पर्क मै हुनुहुन्छ।कलाकारहरुको परिवारसग सम्पर्क हामी सग भइरहेको छ।

ध्यानाकर्षण विभिन्न सामाजिक संजालमा पूरा विवरण नबुझी कलाकार बेपत्ता भएको भन्दै खबर सम्प्रेषण भएको हुन्दा यस्तो गल्त समाचार सम्प्रेषण नगरी दिनु अनुरोध गर्दछौं हामी सोही दिन देखि नै सम्पर्कमा रहेका छौ। मलेसियाका अग्रज बुद्धिजीवी र दूतावासलाई गाली गलौज गरी थप परिवारलाई मानसिक तनाव नगराउनु मेरो ब्यात्तिगत अनुरोध छ।

दिल केरुङ , मलेशिया

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार