काठमाडौमा पहिलोपटक मुन्धुमी नाटक मञ्चन भयो

याक्थुङ्हरुको मौलिक पर्व सिसेक्पा तङनाम (साउने संक्रान्ती) २०७६ को अवसरमा पहिलोपटक लिम्बु नाट्य इतिहासमा याक्थुङ मुन्धुमी नाटक “साक्च्योङ” मञ्चन भएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको आयोजनामा साउन १ गते चुम्लुङ्हिम ललितपुरमा मञ्चन हुने नाटक वरिष्ठ लिम्बू नाटककार सागर केरुङ्ले लेखेका हुन भने बरिस्ठ चलचित्र निर्देशक/पुरानो नाटक निर्देशक सुर्यप्रकाश चेम्जोङले गरेका छन ।

कियाचु लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समितिको प्रस्तुतिमा मञ्चन भएको नाटकमा मौसम इम्बुङ(फु?लेन्देको बाउ),सैलेन्द्र थेबे,दिनेश माङ्मु,मिना मादेन नुमाफुङ,उदय बेघा,संगीत आङ्खेवा,कविता ओख्राबु(माक्सती)छयम चेम्जोङ,मनु थक्लुङ,नुमा सेर्पा,इन्दु सम्बाहाम्फे,सेमी चेम्जोङ,माइकल तुम्बापो,सरिता राइ लगायतले अभिनय गरेका छन ।

यादन सेर्मा र गंगा फियाकको स्वर रहेको छ भने नाटकमा मुन्धुम पेन्युक,माङघ पेन्युक र ताम्के पेम्युकजस्ता महत्वपूर्ण लिम्बू लोकवाङ्मयको प्रयोग गरिएको छ । साक्च्योङमार्फत सिक्सेक्पा तङ्नाम र याक्थुङ समुदायको सम्बन्धबारे प्रस्ट्याइने परिषदका अध्यक्ष गोबिन्द आङ्बुङ्ले बताए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार