कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

उदय सुब्वाको ‘आकाशे खेती’ बैशाख २६मा प्रदशन हुने

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को एक भब्य कार्यक्रम बिच प्रदर्शन मिति घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको चलचित्र ‘आकाशे खेती’को सिनेमाघरमा आउँने मिति घोषणा गरिएको हो । लगातार चलचित्र निर्देशन गरेर चर्चामा रहेकाउदय सुब्वाको निर्देशन रहेको यो चलचित्र आगामी बैशाख २६गतेदेखि देशभरका सिनेमाघरमा आउँने भएको छ ।

चलचित्रमा विल्सन विक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी, निता ढुङ्गाना , बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको अभिनय रहने छ ।

मनोरञ्जनात्मक ढङ्गबाट तयार पारिएको चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको निर्देशक सुब्बाले बताए । विक्रमको छायाँकन, राजु किरातीको द्वन्द्व, राम जी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रमा विकाश चौधरीको सङ्गीत रहेको छ ।

नेपाली चलचित्र आकाशे खेतिको बारेमा विलसन बिक्रम राइ गौरव पहाडी र निर्देशक उदय सुब्बाको अन्तर्वाता

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार