आहा रारा गोल्डकपको उपाधि मनाङले जित्यो

पोखरा — १८ औं आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा हराउँदै मनाङले छैटौंपल्ट उपाधि उचालेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। मनाङले टाइब्रेकरमा ४-३ ले जित्दा अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले गोल गरे।
पुलिसका लागि भोला सिलवाल, हेम तामाङ र बुद्ध वल तामाङले मात्रै गोल गर्न सके। विजेता मनाङले १० लाख र उपविजेता पुलिसले ५ लाख रुपैयाँ पुरस्कार पाएका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार