अमेरिकामा बस्ने नेपालीहरुले गरे नागरिक आन्दोलनको समर्थन

काठमाडौं/नागरिक सरकारको माग गर्दै आगामी मंसीर २० गते काठमाडौंको माईतीघर मण्डलाबाट शुरु हुने राष्ट्रिय नागरिक आन्दोलनप्रति अमेरिकामा बस्ने नेपालीहरुले ऐक्यबद्धता जनाएका छन् । लामो समय नेपाली कांग्रेसमा आवद्ध रहि जेलनेलसमेत भोगेका हाल अमेरिकामा बसोवास गर्ने कांग्रेसका पुराना कार्यकर्ता मीनबहादुर थापासहित २२ जनाले एक विज्ञप्ती जारी गर्दै उक्त आन्दोलनलाई समर्थन गर्न स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जनसमुदायलाई आग्रह समेत गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, “हामी अमेरिकामा बस्ने नेपालीहरु नेपालमा लोकतन्त्र (नागरिकतन्त्र) माथि भई रहेको आक्रमण, संघियता, गणतन्त्र, धर्म निरपेक्षता र जातीय आधारमा गरिएको समाबेशिताद्वारा सृजित भ्रष्टचार, बेथिति, लूटतन्त्र, राष्ट्रियता माथि भएको प्रहार एंब राजनीतिलाई ब्यापारीकरण गरि सर्बत्र मुलुकलाई दोहन गरिएको परिस्थिति बाट ज्यादै चिन्तित छौं ।

आज हाम्रो धमर्, परम्परा, संस्कृती र सभ्यता नै समाप्त पार्न खोजिएको छ । नेपालीपना नै गुमे पश्चात हामी नेपाली नै नरहने अवस्था सिर्जना हुने क्रमतर्फ मुलुकलाई धकेलिरहेको अवस्थामा यी यावत समस्यको समाधान गर्न नागरिक आयोग गठन, निर्बाचन सुधार, शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय निशुल्क र सर्वसुलभ बनाउन, युवालाई मुलुकमै रोजगारी सिर्जना गर्ने र नागरिकतन्त्र सहितको राजसंस्था स्थापना गर्ने र यी सम्पूर्ण कार्य सम्पन्न गर्न नागरिक सरकार स्थापना गर्ने उद्धेश्य लिई २०७७।८।२० गते ११ बजे माइतिघर मण्डलाबाट शुरु हुन् गई रहेको राष्ट्रिय नागरिक आन्दोलनप्रति हाम्रो पूर्ण साथ र समर्थन रहेको घोषणा गर्न चाहन्छौं

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार