लोकप्रिय अनलाइन गेम ‘गेम अफ थ्रोन्स’ का निर्माता लिन चीलाई विष खुवाएर मारियो

युवामाझ निकै लाेकप्रिय अनलाइन गेम ‘गेम अफ थ्रोन्स’ का निर्माता लिन चीको हत्या गरिएको छ।

चिनियाँ गेम ‘टाइकुन’ का रूपमा समेत परिचित ३९ वर्षीय लिनलाई खानामा विष हालेर खुवाइएको त्यहाँको प्रहरीले पुष्टि गरेको हो। क्रिसमसका दिन उनको निधन भएको थियो ।

चीनको सांघाई प्रहरीका अनुसार उनको खानामा विषको मात्रा भेटिएको छ। लिन युजु नामको गेम डेभलपर कम्पनीका उनी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसमेत थिए।

उनले गेम अफ थ्रोन्सः विन्टर इज कमिङ स्ट्रेटिजी गेम बनाएका हुन्। जुन अनलाइन गेमका पारखीमाझ निकै लोकप्रिय छ। सांघाई प्रहरीले जारी गरको वक्तव्यअनुसार लिनका प्रमुख सहयोगीले नै खानामा विष मिसाइदिएको पाइएको छ। तर ती सहयोगी को हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन।

पछिल्लो तथ्यांकअनुसार लिनको कूल सम्पत्ति ६.८ अर्ब युआन अर्थात् एक अर्ब डलर छ। लिनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले ब्लगमार्फत भावुक वक्तव्य जारी गरेको छ।

‘अलबिदा युवा, हामी एकसाथ रहने छौं, दयालु बनिरहने छौं, सत्यमा अडिग रहनेछौं। असत्यविरुद्ध लडिरहनेछौं। एजेन्सी बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार