
साविक विजेता फ्रान्सले शानदार सुरुवात गर्दा उपविजेता क्रोएशिया विश्वकपको पहिलो खेलमा बराबरीमा रोकिएको छ।
समूह ‘एफ’को पहिलो खेलमा मोरक्कोसँग गोलहित खेलेको हो।
अल बायत स्टेडियममा बुधबार साँझ भएको खेलमा मोरक्को र क्रोएशियाले अंक बाँडेका हुन्।
खेलको पहिलो हाफमा क्रोएशियालाई दबाबमा राखेको मोरक्कोले दोस्रो हाफमा पनि सम्हालिएको प्रर्दशन गर्यो।
दोस्रो हाफमा क्रोएशियालाई केही दबाब दिएको मोरक्कोले राम्रा मुभहरु बनाएको थियो।
क्रोएशियाको डिफेन्सलाई व्यस्त राखेको मोरक्कोले क्रोएशियाका स्टाइकरलाई खुलेर खेल्न दिएन।

दुवै टोली सुन्दर मौका बनाएर पनि फिनिसिङमा चुके। खेलको १३ औँ मिनेटमा हकिम जिएचको प्रहार असफल हुँदा मोरक्कोले अग्रता बनाउने मौका गुमायो।
१७ औँ मिनेटमा इभान पेरिसिकको प्रहार पोष्टको माथिबाट बाहिरियो। खेलको २५ औँ मिनेटमा इन नेस्रीको प्रहारले पोष्टको गति लिन नसक्दा अग्रता बनाउने मौका गुमायो।
पहिलो हाफको इन्ज्युरी समयमा क्रोएशियाका भ्लासिकले गरेको प्रहार मोरक्कोका गोलरक्षकले उत्कृष्ट बचाउ गरे।
सन् २०१८ को उपविजेता क्रोएसिया यो पटक उपाधि दौडमा छ। आजको बराबरीले उसको यात्रामा केही धक्का पुगेको छ।
समूह एफ मा कमजोर टोली मानिएको मोरक्कोले आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेको थियो।
मोरक्को यो पटक समूह चरण पार गर्दै नयाँ इतिहास बनाउन चाहन्छ। यो समूहको अर्को खेलमा बेल्जियम र क्यानडा आजै मध्यराति भिड्ने छन्।