कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

‘भद्रगोल’मा दिपक, दीपा र ‘माग्ने बुढा’

नेपाल टेलिभिजनबाट शुक्रबार प्रशारण हुदै आएको हास्य सिरियल ‘भद्रगोल’मा यसपटक दर्शकले फरक प्रस्तुति हेर्न पाउनेछन् । हास्य सिरियल ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका थिए । यसपछि, उनीहरु टेलिभिजनको सिरियलमा देखिएका छैनन् । तर, यसपटक भने उनीहरुलाई दर्शकले ‘भद्रगोल’मा देख्न पाउनेछन् ।

यस्तै, यी दुइको साथमा पहिलो पटक हास्य सिरियलमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पनि देखिदैछन् । यी तिनै कलाकार ‘भद्रगोल’मा अब सधै देखिन लागेका भने होइनन् । असोज २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को प्रचारका लागि उनीहरु सिरियलमा अभिनय गर्न पुगेका हुन् ।

निर्देशक दिपाश्री निरौलाले भनिन्-‘केही समयपछि टेलिभिजन सिरियलमा फर्कदा छुट्टै अनुभुती भएको छ । यसपटक दिपक, दीपा र माग्ने बुढा एकसाथ देखिदैछौ । दर्शकका लागि यो नौलो स्वाद पनि हुनेछ ।’

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent