कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पूर्वमा चलचित्र सामको प्रदशन मिति सर्यो अब तिहार पछि प्रदशन हुने

सम्भवत लिम्बु भाषाको चलचित्र इतिहासमा मा सबै भन्दा चाडो
सार्वजनिक प्रदशन हुने चलचित्र साम दशैँ अगाडि नै पूर्वको विभिन्न स्थानहरुमा भब्य प्रदसनको तयारि गरिएको थियो |
तर विशेष प्राबिधिक कारण र दसै तिहार को ब्यस्तता संगै आन्तरिक कारणवस चलचित्रको प्रदसन मिति सारिएको कुरा निर्देशक किशोर सुब्बा ले पाथिभरा
च्यानल लाइ बताउनु भयो | अब उहाको अनुसार निम्न मिति र स्थानमा साम प्रदशन हुदै छ |
धरानमा यहि २०७५ कार्तिक २८ गते बूधबार(धरान)
कार्तिक २९ गते बिहीबार,(दमक)
कार्तिक ३० गते सुक्रबार (बेलबारी)
मंसिर ८ गते सनिबार (बिर्तामोड)
मा प्रदर्सन को कार्य तालिका फेरबदल गरिएको जानकारी गराउदै आकस्मात निर्णय गर्नु परेकोमा आयोजक र दर्सक सुभचिन्तक हरुमा पर्न गएको
असुबिधा प्रति लिम्बु भाषाको चलचित्र साम दुखित भएको छ |

साथै अबको समय भने निस्चित रहेको जानकारी समेत निर्माता हस्त लिवाङले गराउनु भयो |

लिम्बू भाषा कला र संस्कृतिको उत्थान साथै प्रचारप्रसार गर्ने उदेश्यले यस चलचित्रलाई लिम्बू जान घनत्व भएको ठाउहरुमा
प्रदर्शन गर्न लागिएको छ । ताप्लेजुङ फुङलिङ, पाचथर फिदिम, छाब्दि बराही हल ईलाम बजार
धनकुटा र तेर्हथुममा क्रमस प्रदर्शन हुनेछ । तिहार पछि सिक्किम, दार्जिलिङ, आसाम लगायतका
हङ्कङ, मलेसिया, , युके, अमेरिकामा समेत प्रर्दशन हुने कुरा चलचित्र निर्देशक किशोर सुबाले पाथिभरा च्यानल लाई बताउनुभयो।

सागर केरुङको लेखन रहेको यस चलचित्रमा पुस्पा लिम्बू, रुकमान लिम्बू,
हस्त लिवाङ, कल्पना योङहाङ, उदय सुब्बा, केदार श्रेष्ठ, बिमू थेगिम, चन्द्र लिम्बू, काउ प्रसाद मगर, देउमान केरुङ, धुर्ब पोख्रेल, रक्ष कुमार राई,
रबि कुमार गुरुङ आदिको अभिनय रहेको छ ।

कल्पना योङहाङको भेसभुषा रहेको उक्त चलचित्रमा कुमार बखतीको छॉयांकन् मन्दिल श्रेष्ठको सम्पादन, रिसछैन राई को कला, समिर मियाको भि
एफ एक्स र एनिमेसन, उमेश पाण्डेको शृङ्गार अनि राजु घिमिरेले मुख्य सहाक निर्देशन रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent