

Pathibhara Channel, News portal from Nepal
पाथिभरा च्यानल – भारतको सिक्किमबाट पहिलो पटक लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ (पैचो) बन्ने भएको छ । चलचित्रको निर्माण युनिट अहिले लोकेशन हन्टिङमा जुटेको छ । चलचित्र छायाङकनका लागि सिक्किमको मार्ताम, हिगाउँ, केङबारी, बन्दुके, उत्तरे, हियुमाङ, थेगु, गेजिङ, यक्सुम, दाराप लगायतका ठाउँको अध्ययन, अवलोकन भइरहेको निर्माताद्वय मणि तम्लिङ र बिराज लिम्बूले बताए । सिक्किममा ग्रेजुएट लेवलमा अध्ययन, अध्यापन भइरहेको देउमान लिम्बूको उपन्यास ‘थेत्लङ’ लाई दृष्यमा उतार्न लागिएको हो । उपन्यासलाई पटकथा र संवादमा भने सागर केरुङले ढालेका छन् । लोकेशन हन्टिङको काम सम्पन्न भइसकेपछि चलचित्रको लागत अनुमान तयार हुने निर्माताद्वयले बताए । चलचित्रको छायाङ्कन आउँदो जनवरीदेखि गरिने निर्माण पक्षले जनाएको छ । चलचित्र सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित रहने बताइएको छ ।
करिब अर्धदशकदेखि निर्देशनबाट टाढा रहेका निर्देशक राज चाम्लिङ पुनः निर्देशनमा फर्किएका छन्। उनले वि.सं....
काठमाडौं । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न दोस्रो नेपाल आदिवासी...
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन्। आइतबार...