कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

अस्ट्रेलियामा लिम्बू चलचित्र “के” प्रदर्शन हुँदै

लिम्बू समुदायको सांस्कृतिकमूलक फिल्म ‘केः’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । यही 4 जनवरी 2020 मा विशेष प्रदर्शन हुन लागेको हो । हालै काठमाडौंमा सम्पन्न ‘आदिवासी जनजाती फिल्म फेस्टिवल-२०७६’ ‘उत्कृष्ट फिल्म’को अवार्ड पाएको यस फिल्मलाई किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाले प्रदर्शन गर्न लागेको हो । सागर केरुङ निर्देशित फिल्म ‘केः’मा लिम्बू समुदायको सांस्कृति बाजा ‘केः’ अर्थात च्याबु्रङ बनाउन अनिवार्य चाहिने गाई–गोरुको छाला र राज्यले गाई–गोरु मार्न प्रतिबन्धित कानूनी प्रावधानबीच अन्तरद्वन्द्वलाई समेटिएको छ । निर्देशक केरुङकै लेखक रहेको यो फिल्म याक्थुङ फिल्मस प्रा.लि.को लागि टाइसन केरुङले निर्माण गरेका हुन् ।


हालै काठमाडौंमा सम्पन्न ‘आदिवासी जनजाती फिल्म फेस्टिवल-२०७६’ ‘उत्कृष्ट फिल्म’को अवार्ड पाएको यस फिल्मलाई किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाले प्रदर्शन गर्न लागेको हो

फिल्ममा सन्देश सुब्बा र डीआर हाङसरुम्बाको सह–निर्देशन, सञ्जय आचार्यको छायाँकन र प्रेम पन्दाकको संगीत रहेको छ । फिल्म ‘केः’मा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, संघर्ष खतिवडा, अप्सरा न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार