कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

सरकारको प्रवक्तामा विष्णु पौडेल, रवि लामिछाने मानेनन्

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी समेत दिइएको छ । सोमबार साँझ बसेको पहिलो मन्त्रिपरिषद्ले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिए पनि उनले उक्त प्रस्ताव नमानेपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

December 27th, 2022

विश्वप्रकाशले भने : कांग्रेस अहिले एम्बाप्पे भयो, धेरै सिट जितेर पनि कप अर्कैले लग्यो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता हेरफेरलाई कतारमा सम्पन्न विश्वकप फुटबलसँग तुलना गरेका छन्। पोखरामा आयोजित साहित्य महोत्सवलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।  ‘तपाईंहरुलाई थाहा छ नि! विश्वकपमा सबैभन्दा बढी गोल एम्बाप्पेले हान्यो। मंसिर ४ को निर्वाचनमा कांग्रेसले धेरै सिट जित्यो’, उनले भने, ‘एम्बाप्पेले धेरै गोल...

December 26th, 2022

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा...

December 25th, 2022

कांग्रेससँग सहमति नजुटेपछि बालुवाटारबाट निस्किए प्रचण्ड

नयाँ सरकारको नेतृत्वका लागि नेपाली कांग्रेससँग सहमति नजुटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दिएको समयसीमा आइतवार साँझ ५ बजे सकिँदैछ। यो अवधिभित्र संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलले सरकार बनाउन बहुमत पेश गर्नुपर्नेछ। राष्ट्रपतिले दिएको समयसीमा सकिन...

December 25th, 2022

प्रचण्डलाई भेटेर प्रकाशमानको आग्रह : देउवा नेतृत्वको सरकार बनाउन सघाउनुस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनमा सघाउन आग्रह गरेका छन्। शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर उनले अध्यक्ष प्रचण्डसँग सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउन आग्रह गरेका हुन्। जवाफमा प्रचण्डले नयाँ सरकारको...

December 23rd, 2022

सर्वसम्मत माओवादी संसदीय दलको नेता बने प्रचण्ड

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन्। माओवादी संसदीय दलको सिंहदरबारमा बिहीबार बसेको बैठकले प्रचण्डको नाम सर्वसम्म दलको  नेतामा पारित गरेको हो।  माओवादी केन्द्रका एकजना सांसद सुदन किरातीले अध्यक्ष प्रचण्डक सर्वसम्मत रुपमा दलको नेता चयन भएको जानकारी दिए।  त्यस्तै माओवादीदले प्रतिनिधिसभातर्फ...

December 22nd, 2022

माओवादी नेताको खुलासा- प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘जेन्टलम्यान एग्रिमेन्ट’ रहेछ

काठमाडौं, ३ पुस । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले फेरि पनि शेरबहादुर देउवा प्रधानमन्त्री बने जनतामा निराशा छाउने भएकाले आफ्नो पार्टीले पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्रीमा अघि सारेको बताएका छन् ।‘शेरबहादुर देउवा पाँचचोटि प्रधानमन्त्री भइसक्नुभएको छ । अब कतिचोटि प्रधानमन्त्री भइरहने ? शेरबहादुरजीका कारण जनतामा अर्को निराशा...

December 18th, 2022

धरानका मेयर हर्क साम्पङले मागे कार्यपालिका सदस्यको राजीनामा

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । करिब ४ महिनादेखि कार्यपालिका बैठक नियमित रुपमा बस्न नसकेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरुलाई राजीनामा दिन सुझाएका हुन् । १३ भदौमा बसेको कार्यपालिका...

December 16th, 2022

राष्ट्रपतिलाई आयोगको प्रतिवेदन : यी हुन् प्रतिनिधि सभामा निर्वाचित २७५ सांसद

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ को परिणामसहितको प्रतिवेदन बुझाएको छ। आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अन्तिम परिणाम राष्ट्रपति भण्डारीसमक्ष बुझाएको हो। निर्वाचित सदस्यहरुको नामावली राजपत्रमा प्रकाशित भएपछि उनीहरूको शपथ ग्रहणको प्रक्रिया अघि बढ्ने छ। आयोगका अनुसार प्रतिनिधिसभामा...

December 15th, 2022

विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार राति मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।  अर्जेन्टिना यसअघि मंगलबार राति क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ। यसअघि यी दुवै टोलीले समान २ पटक विश्वकप जितेका छन्।  १९९८ मा...

December 15th, 2022