“इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ ” मलेसियामा सम्पन्न

पाथिभरा च्यानल : सिजन मिडियाले आफ्नो १० वर्ष पुरा गरेको उपलक्ष्यमा मलेसियाको राजधानी क्वालालम्पुरमा “इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ मलेसिया” सम्पन्न गरेको छ । विभिन्न क्षेत्रहरुमा विगत १० वर्ष भन्दावढी समय एउटै काममा लागि परि सफल भएका नेपाली तथा बिदेशी अग्रजहरुलाई सम्मान गर्दै सोमबार साझ कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त इन्टरनेशनल एक्सीलेन्स अवार्ड कार्यक्रममा प्रमुख अथिति मलेसियाका लागि नेपाली राजदुत उदय राज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै सिजन मिडियाले उत्कृष्ट कार्य गरेको बताउनु भयो । नेपाली हरेक विधाका
नेपाली व्यक्तित्वहरुलाई विदेश र अझ मलेसियामा उतारेर सम्मान गरेकोमा आफू अत्यन्त खुशी भएको जनाउनु भयो । राजदूत पाण्डेले स्वदेशमा मात्र नभई मलेसियामा पनि उत्कृष्ट प्रतिभाहरु भएको र उनिहरुलाई पनि समेट्दा अझ राम्रो हुने सुझाव दिनुभयो।


मलेसियामा रहनु भएका सम्पूर्ण नेपालीहरुको मन अत्यन्तै फराकिलो रहेको र हर क्षेत्रहरुमा सहयोग गर्दै आएको बताउँदै उहाँले भूकम्प पिडित हुन् या हावाहुरीका वा क्रिकेट मैदान बनाउन होस मलेसियामा रहेका नेपालीहरुले खुल्ला दिलले सहयोग गर्दै आएको जनाउदै प्रशंसा गर्नु भयो । उहाँले नेपाल देखि बंगलादेशको प्रतिभाहरुलाई सम्मान गरेकोमा सिजन मिडिया र पुरस्कृत सबैलाई बधाई दिनु भयो ।

मिसेस ब्यूटी क्वीन 2019 को उपाधि बिजेता शान्ति लिम्बूले 
उत्कृष्ट युवा महिला उद्यमीको अवार्ड प्राप्त गरेकोमा खुशी हुदै

यो अवार्डले मेरो जिम्मेवारी अझ बढेको साथै आगामी दिनमा केहि गर्नको लाइ हौसला र प्रेरणा मिलेको कुरा पाथिभरा च्यानल लाई बताउनु भयो |


कार्यक्रममा विशिष्ट अथिति साहित्यकार तथा ब्रान्ड एम्बेसडर कल्पना रिजाल पाण्डेले प्रवासमा यस्ता कार्यक्रम गरि प्रतिभाहरुको खोजि गरि सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिनु भयो । विभिन्न विधामा अझ महिलाहरुलाई समेट्नु भएकोमा खुशि व्यक्त गर्दै अझ उहाँहरुको प्रतिभाको प्रगतिको शुभकामना दिनु भयो ।
विशिष्ट अथिति एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनए मलेसियाका आइसिसि सदस्य विश्व राई, मलेसियाका स्थानीय नेपाली शंकर बाहादुर पौडेल, लानटर्न एड्भरटाआइजिङ्गका प्रबन्ध निर्देशक अमजद खान, संञ्चारकर्मी निता राउत, बंगलादेश फोटोग्राफर सलमा अहमद लगायतले मन्तव्य राख्नु भएको थियो ।


उक्त कार्यक्रममा नेपाल बाट सहभागी हुनुभएका विभिन्न क्षेत्रका १६ व्यक्तिहरुले विभिन्न १६ विधामा अवार्ड प्राप्त गर्न सफल हुनुभएको थियो । बर्ष २०१९ को उत्कृष्ट कला र ग्राफिक डिजाइनरमा बिशाल चौधरी, उत्कृष्ट युवा महिला उद्यमीमा शान्ति लिम्बु, उत्कृष्ट बहुमुखी गायकमा दिनेश थापा, उत्कृष्ट युवा प्रेरणा सामाजिक कार्यकर्तामा निता राउत, उत्कृष्ट महिलामा एलिना तुलाधर, उत्कृष्ट फोटोग्राफरमा राजन काफ्ले, उत्कृष्ट ब्युटिसियनमा गोपी माया थुलुङ्, उत्कृष्ट फेसन डिजाइनरमा राधा ढकाल सापकोटा, उत्कृष्ट समाचार लेखनमा लक्ष्मी खतिवडा, उत्कृष्ट सामाजिक कार्यकर्तामा छमकला बुढाथोकी, उत्कृष्ट विवाह फोटोग्राफीमा मोहम्मद शहनवाज, उत्कृष्ट ब्यबसायिक अन्तर्राष्ट्रिय बडी बिल्डरमा महेश्वर महर्जन, उत्कृष्ट बंगलादेश फोटोग्राफरमा सलमा अहमद, उत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमाग्राफरमा बिष्णु प्रसाद घिमिरे, उत्कृष्ट अन्तर्राष्ट्रिय कोरियोग्राफरमा रोजिन शाक्य र उत्कृष्ट बरिष्ट फोटोपत्रकारमा राजेन्द्र चित्रकारले अवार्ड प्राप्त गर्नु भएको थियो ।
साथै कार्यक्रममा मलेसियाका स्थानीय नेपाली शंकर बहादुर पौडेललाई दोसल्ला र सम्मान पत्र सहित बिशेष सम्मान गरिएको थियो ।


कार्यक्रमका अध्यक्ष तथा सिजन मिडियाका मूख्य कार्यकारी अधिकृत प्रदीपराज वन्तले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले यो अवार्ड कार्यक्रम गरिएको बताउनु भयो । वन्तले सबै नागरिकमा सामाजिक भावना जागृत गर्न आगामी दिनहरुमा पनि यस्ता अवार्ड कार्यक्रमहरु गर्दै नया पुस्ताहरुलाई प्रेरणा दिने पनि बताउनु भयो । उहाँले आफू नेपाल गएर फष्ट नेपाल फाउण्डेसन नामक संस्थाबाट मलेसिया लगायत विश्वभर विभिन्न रोजगारिको सिलसिलामा दुर्घटना वा अन्य समस्यामा पर्ने नेपालीहरुलाई पूर्ण सहयोग गर्ने जनाउदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै पून सहयोगको अपेक्षा राख्दै कार्यक्रमलाई समापन गर्नु भयो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार