कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एनबी अन्जानद्वारा सम्पादित ग्रन्थ पूर्वप्रधानमन्त्रीद्वारा विमोचन

काठमाडौं, १० पुष । लेखक, साहित्यकार तथा चलचित्रकर्मी एन बी अन्जानले संकलन तथा सम्पादन गरेको राजेन्द्र परदेशी स्मृति ग्रन्थको विमोचन भएको छ ।

बुधबार पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्मृति ग्रन्थको विमोचन गरेका हुन् । गुमनाम हुन लागेका सशक्त कवि तथा राजनैतिक योद्दा राजेन्द्र नेम्बाङ (परदेशी)को यो ग्रन्थबाट जीवित राख्ने कार्य गरिएको सम्पादक एन बी अन्जानले बताए ।

कार्यक्रम याक्थुङ लेखक संघको आयोजना, नौलो साहित्य बिहान प्रतिष्ठान र पाँचथर स्रष्टा मन्चको समन्वयमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नं. १ अर्थमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार