
लिम्बू पत्रकार संघ झापाको तेस्रो अधिवेशन सम्पन्न भएसँगै अधिवेशनले देशराज नेम्बाङको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।
लिम्बू पत्रकार संघको केन्द्रिय अध्यक्ष देवेन्द्र खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा उर्मीला लिम्बू, सचिव धनबहादुर थेवे, कोषाध्यक्ष गंगा बेघा त्यसैगरी सदस्यहरूमा पुष्पा जबेगु, कौशीला लिम्बू, अविन लिम्बू, याम खेवा, धनकुमार लावती (दिपेन) र केन्द्रीय प्रतिनिधिमा सेसेमी से नाल्बो, दिलकुमार लावती, सेसेहाङ फियाक, विशाल नेम्बाङ, मनकुमारी पन्दाक सचित आनन्द सुब्बा निर्वाचित भएका छन् ।
कार्यक्रममा बोल्दै खापुङले लिम्बू कुलमा जन्मेर मात्र लिम्बू पत्रकारको सदस्य बन्ने होइन, राज्यले लिम्बू समुदायलाई कुन रूपमा हेरेको छ ? त्यसको उजागर गर्नका लागि चुम्लुङसहित लिम्बुजन्य संस्थाको जन्म भएको कुरा बताएका थिए ।
नयाँ अनलाइन बाट



