
काठमाडौ – चलचित्र निर्देशक सागर केरुङले एफएलएफ अवार्ड २०७६ अन्तर्गत उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । फाल्गुनन्द फिल्मस् प्रा.लि.ले हरेक बर्ष लिम्बू भाषामा बनेका चलचित्र र म्यूजिक भिडियोको संयुक्त एफएलएफ अवार्ड प्रदान गर्दै आएको छ । जसमा यस बर्ष लिम्बू कथानक चलचित्र ‘केः’ का लागि केरुङले उत्कृष्ट लिम्बू चलचित्रको अवार्ड हात परेका हुन् ।

निर्देशक केरुङ सन् २००७ देखि चलचित्र क्षेत्रमा क्रियाशील छन् । उनको लेखन–निर्देशन रहेको चलचित्र ‘केः’ यसै बर्ष सम्पन्न नेपाल आदिबासी जनजाति चलचित्र महोत्सवमा सर्बोकृष्ठ फिल्म घोषित भएको थियो । उक्त चलचित्रले यसबर्षको “उत्कृष्ट एफएलएफ अवार्ड – २०२०” समेत प्राप्त गरेको छ । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्तबहुलिबाट वितरित एफएलएफ अवार्डका लागि सात वटा लिम्बू फिल्म र २० वटा म्यूजिक भिडियोले सहभागिता जनाएको कार्यक्रम संयोजक दिनेश लिङ्देनले बताए ।
तस्बिर : पाथिभरा च्यानल



