सामाजिक विसंगति बिकृति जागरण र् प्रेममा त्यागको कथा हो बैना बट्टा

पाथिभरा च्यानल- सामाजिक विसंगति बिकृति जागरण र् प्रेममा त्याग चलचित्र बैना बट्टाको मुल कथा हो | चलचित्रको बिषय बस्तु र् पात्र लाई निर्देशक राज चाम्लिङले सरल र आकर्षक ढंगले प्रस्तुत गरेका छन | छोरा छोरीको मर्म र चाहना बिपरित बुवाले गरेको निर्णयले कालान्तरमा छोरा छोरीले भोग्ने दु:खत यथार्थ लाई चलचित्रमा प्रस्तुत गरिएको छ् | जातियताको आधारमा राज्यले गर्ने बिभेतले निम्त्याउने घटना र पहिचान र अधिकारको निम्ती भएको संघर्सको दुश्यले सबै लाई जागरुक बनाउछ | प्रेम पाउनु मात्र होइन गुमाउनु पनि हो भन्ने भनाइ लाई हाङ् मा र नाम्लिङ बिच प्रेममा भएको त्याग र बलिदानले सबैको आँखा रसाउछ | सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा दर्शकले रुचाएका छन् । राष्ट्रिय नाचघरमा भएको प्रिमियर शोमा दर्शकको उत्साहजनक उपस्थिती रहेको थियो।


दर्शकको उपस्थितीले त खुसी बनाएको नै थियो, त्यो माथि चलचित्रलाई सबैले रुचाउनु भएको छ । त्यसले थप खुसी दिएको छ भन्दै निर्देशक राज चाम्लिङले पाथिभरा च्यानल सँग खुशी ब्यक्त गर्नु
दर्शकले चलचित्रको विषयबस्तु र प्रस्तुतीलाई रुचाएका छन् । कलाकारको अभिनयलाई पनि दर्शकले रुचाएका छन् ।
नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ । देश तथा बिदेशमा रहनु भएका दर्शकहरु चलचित्र बैना बट्टा हेर्न आतुर भएको कुरा
निर्देशक राज चाम्लिङले पाथिभरा च्यानल लाई दिनुभयो । । ताप्लेजुङ पाँचथर र ईलामको रमणीय स्थलहरुमा चलचित्र बैना बट्टाको छायांकन गरिएको छ |चलचित्रको निमार्ण प्रेम राज लावतीले गर्नुभएको छ |


कबिता राई, देबेन्द्र नेम्बाङ, , बाबु मोक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, नैना कला लिम्बु , अर्जुन श्रेष्ठ उदासी रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको ट्रेलर र गीतले सबैको मन जीतेको छ् | समग्रमा चलचित्र बैना बट्टा निक्कै राम्रो बनेकोछ | चलचित्रले दर्शकको मन जित्ने धेरै आधारहरु छ्न |निर्देशक राज चाम्लिङको सबैले खुलेर प्रससा गरेका छन |


एबिराज आङदेम्बे राधा लामा ,भवानी घिमेरे ,बिक्रम नेम्बाङ ,नरेश नेम्बाङ र राम लावती चलचित्रका सहनिर्माता रहेका छन् । यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देबजँग थापाले गर्नु भएको छ |ब्याक राउण्ड साउण्ड घनु ग्यामीको रहेको छ् |
चार वटा गित रहने यस चलचित्रमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगित रहको छ । उक्त गितहरुलाई दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु , दिप्सन लिम्बुहरुको आवाज रहेको छ । एरेन्ज थोमस राइ राजु कार्की कृष्ण साउदेनको रहेको छ्

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent