
पाथिभरा च्यानल- स्वदेश्मा होस् या बिदेशमा हरपल केही नयाँ स्रुजना गरिरहनु हुने निर्देशक किशोर सुब्बाको निर्देशनमा अमेरिकामा निर्माण भएको म्युजिक भिडियो दिन सक्तिन म तिमीलाई अहिले श्रोता दर्शक माझ लोकप्रिय भइरहेको छ् | पुस्पा लिम्बू र मविन्द्र राई को स्वर रहेको दिन सक्तिन म तिमीलाई गीतमा शब्द र संगीत मविन्द्र राई कै रहेको छ् |

गीतको भाव अनुसार म्युजिक भिडियो राम्रो बनेको छ् |मोडल सुमन लिम्बु र सम्झनाको अभिनय तारिफ योग्य छ् |केही नेपाली चलचित्रमा नायिकाको रुपमा अभिनय गरी सकेकी पुस्पा लिम्बुको आवाजमा राम्रो गायिका हुने छनक पाउन सकिछ |

दिन सक्तिन म तिमीलाई बोलको लोक प्रियता सँगै अहिले टिकटकमा मा पनि भाईरल हुँदै छ् |धेरै जनाले यो गीत मन पराएर अभिनय गरेका छन |

अमेरिकाको बिभिन्न आकर्शक स्थानमा छायाङ्कन भएको उक्त भिडियोको मोडल सुमन लिम्बु र सम्झना रहेका छन भने छायाङ्कन सम्पादन शम्भु मोक्तानको रहेको छ् |आगामी दिनमा अन्य गीतको म्युजिक भिडियो समेत् निर्माण गर्ने अमेरिका बाट निर्देशक सुब्बाले पाथिभरा च्यानल सँग कुरा गर्नु भयो |
भिडियो हेर्नुहोस्



