कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लगनशिलता र प्रतिभाले दर्शक श्रोताको मन जित्दै गायक निर्मल सुब्बा

पाथिभरा च्यानल -नेपाली संगीतिक दुनियाँमा सुरिलो आवाज मिहेनत लगनशिलता र केही चर्चित गीत गाउँउ भएर आफ्नो पहिचान बनाइ सक्नु भएको गायक निर्मल सुब्बाले तीन दर्जन जति गीतहरु गाउँउ भएको छ् | पछिल्लो समय आफनाे भाषा र सांस्कृतिलाई जगेर्ना गर्ने र प्रचार प्रसार गर्ने उदेश्यले लिम्बू भाषामा केही गीतहरु पनि गाउँउ भएको छ् ।

नायक भीम तुम्बाहाम्फे लिम्बूुकाे प्रस्तुति र अभिनय रहेकाे लिम्बू चलचित्र केःसाङलामा लिम्बू भाषाकाे गीत पहिलाे पटक तरेमे चासाेक तङनाम अाे चुमिराे…अर्थात साेल्टीनी ज्यु चासाेक तङनाम मेलामा भेटाै है… बाेलकाे गीत गाएका थिए जुन गीत निकै चर्चित रहेकाेछ । यस गीतकाे शब्द रचना गीतकार तथा लेखक हर्कबहादुर याेङहाङ लिम्बूले गर्नु भएकाे छ भने संगीत समयाेजन प्राज्ञ परिषद सदस्य अशाेक लाेहाेरुङ राईले गर्नु भएकाेछ । यस गीतमा केःसाङला चलचित्रका नायक भीम तुम्बाहाम्फे र नायीका लक्ष्मी याेङहाङले जिबन्त अभिनय गरेका छन । अहिलेका चर्चित युवा निर्देशन लाेकेन सावाँ लिम्बूले लिम्बू संस्कार सांस्कृतिलाई झल्काएका छन ।

यसै गरी नायक भीम तुम्बाहाम्फे र गायक निर्मल सुब्बाकाे सहकार्यमा अर्काे लिम्बू भाषाकै गीत मिम्जिरे पानहा पात्छीना..पकन्दी चानु वासी ना..अर्थात मायाका कुराहरु गराै कि…मन भरी खुशीले नाचाै कि…बाेलकाे गीत यसै हप्ता युट्युबमा सार्वजनिक गरेका छन । यस गीतकाे शब्द रचना कल्पना अाङबुहाङ लिम्बूले गर्नु भएकाेछ भने यस गीतकाे संगीत समयाेजन प्राज्ञ:अशाेक लाेहाेरुङ राईले नै गर्नु भएकाेछ । याे गीत केःसाङला चलचित्रका चर्चित निर्देशक लाेकेन सावाँ लिम्बूले नै निर्देशन गरेका छन निर्देशक सावाँले लिम्बू भाषा, संस्कृती र चलन चल्तीलाई म्युजिक भिडियोमा उतारेका छन ।

क्यामेरा भुपेन्द्र तुम्बाहाम्फे,सम्पादन अनिल रानाकाे रहेकाेछ । याे गीतकाे म्युजिक भिडियाे सार्बजनिक गर्नु भन्दा अगाडि नै हङकङ,धरान र पाँचथरमा केःसाङला चलचित्र प्रदर्शन संगै ३ ठाउमा लाेकार्पण पनि गरिसकेकाे छन । याे गीतको पनि दर्शक श्राेताहरु बाट राम्रो प्रतिकृया आइरहेको गायक निर्मल सुब्बा ले पथिभरा च्यानल लाई बताउनु भयो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार