कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

काठमाडौंमा होलि हंगामा

काठमाडौँ — फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । युवकयुवतीले राजधानी काठमाडौंको ठाउँठाउँमा समूह बनाएर फागुको मजा लिइरहेका छन् । बिहीबार बिहानैदेखि पर्यटकीय गन्तव्य बसन्तपुरमा पनि स्वतस्फूर्त रुपमा होली मनाइँदै छ । विशेष गरेर बसन्तपुरमा विदेशी पर्यटकहरु होलीको रंगमा रमाइरहेका देखिएको छ ।...

March 1st, 2018

नेत्रविक्रम चन्द ‘विप्लव’को नाममा पक्राउ पुर्जी जारी

काठमाडौं, १६ फागुन । काठमाडौं नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का नाममा पक्राउ पुर्जी जारी भएको छ । कपिलबस्तु जिल्ला प्रहरीले विप्लवको घरमा प्रक्राउ पुर्जी जारी गरी टाँसेको छ । उनलाई भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको...

February 28th, 2018

एमाले-फोरम वार्ता सहमतिनजिक : तीन विषयमा सहमतिको तयारी

काठमाडौँ — उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने निश्चित भएको छ । सत्तारुढ एमालेसँगको वार्ता सहमतिनजिक पुगेसँगै फोरम सरकारमा सहभागी हुने निश्चित भएको हो । वार्तामा सहभागी एमालेका एक नेताका अनुसार फोरमले संविधान संशोधनलाई ‘फेस सेभ’का लागि अडान यथावत् राखेको छ। ‘संविधानमा बीचको बाटो खोल्ने सहमति भएको छ,’...

February 27th, 2018

रबि लामिछानेले गरे अहिले सम्म कसैले नगरेको साहसिक काम

मानिसले मनै भित्र बाट समाज र रास्ट्रको लागि केहि गर्न चाह्यो भने असम्भव भन्ने कुरा केहि रहेनछ |हो त्यस्तै काम न्युज ट्वान्टी फोर टेलिभिजन को चर्चित कार्यक्रम सिधा कुरा जनता संग मार्फत अहिले सम्म कसैले नगरेको काम रबि लामिछाने ले गरेर हाल चर्चामा रहेको छन् |धेरैको घाउमा मलम लागेको...

February 26th, 2018

सांसद रेशम चौधरीले अदालतमा गरे आत्मसमर्पण

काठमाडौं: सांसद एवं टीकापुर काण्डका फरार अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । उनी जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् । फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी भारी मतान्तरले विजयी भएका थिए । ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित...

February 26th, 2018

एक्स फ्याक्टर मोडलसमा शालु फोम्बोहाङ लिम्बुले जितिन फस्ट रनरअपको उपाधि

सुत्र मोडलिङ एण्ड आर्ट क्रियसन दारा आयोजित एक्स फ्याक्टर मोडलस ब्युटी कन्टेस्टमा शालु फोम्बोहाङ लिम्बुले फस्ट रनरअपको उपाधि र बेस्ट ड्रेस को टाइटल जित्न सफल भएकी छिन् | गत साता होटल अन्नर्पूर्णमा भब्य कार्यक्रमको बिच कार्यक्रमको आयोजना भएको थियो | कुराकानीको क्रममा शालु भन्छिन उदेश्य त टाइटल जित्नु नै...

February 18th, 2018

एफ .एल. एफ अवार्ड २०७४ को विभिन्न विधाको नोमिनेशन सार्बजनिक

निर्देशक तथा कलाकार दिपा श्री निरौलाको प्रमुख आतिथ्यमा पुरानो बानेश्वर स्थित हट क्लिप होटलमा भब्य कार्यक्रमको बिच बिभिन्न विधामा एफ.एल एफ अवार्डको नोमिनेसन सार्वजनिक गरिएको छ | एस एम एस भोटिङ दारा निष्पक्ष रुपमा रुपमा अवार्ड बितरण गरिने भएकोले सम्बन्धित श्रस्टा लाई चाडै नै भोटिङ कोड उपलब्ध गराइने छ...

February 18th, 2018

यस्ता छन् प्रधानमन्त्री ओलीको अबको योजना…

काठमाण्डौं, ५ फागुन : विकास र समृद्धिको नारासहित सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब उनले भन्दै आएको विकास र समृद्धिका लागि कस्तो योजना बनाइरहेका बेलान् ? यो सबैको चासोको विषय बनिरहेको छ । कर्मचारीलाई तलव खुवाउन समेत राष्ट्रको ढुकुटीमा रकम रितिइसकेको समाचार आइरहेका बेला प्रधानमन्त्री ओलीले अब देशलाई...

February 17th, 2018

प्रधानमन्त्री ओलीलाई मोदीको बधाई

पाथिभरा च्यानल : काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् ।   टेलिफोन संवादमा मोदीले आफु प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको धारणा ब्यक्त गरेका छन्। मोदीले नेपालको...

February 16th, 2018

प्रधानमन्त्री ओलीको दोस्रो इनिङको शुरुवात

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । पण्डित र थापा मन्त्रीमा नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई...

February 15th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |