राजनीति

केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

७ पुस, काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार काठमाडौं थापाथलीको कार्की पार्टी प्यालेसमा बसेको बैठकले ओलीलाई पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी अध्यक्ष पदबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी...

December 22nd, 2020

बादल समूहको भेलामा एक स्वर : संसद विघटन प्रतिगामी कदम हो

६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् । थापाले सोमबार आफू निकट नेताहरुलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर छलफल गरेका थिए । पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए । भेलामा सहभागी सबैको...

December 21st, 2020

ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौं, ५ पुस । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । सरकारको कदम...

December 20th, 2020

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग : वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म...

December 20th, 2020

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीले विहान ९ : ४५ बजे मन्त्रीहरुलाई आकस्मिक बैठकमा उपस्थित हुन भनेका थिए । सो बैठकमा उनले ताजा जनादेशका लागि भन्दै...

December 20th, 2020

ओली–प्रचण्ड छलफल चलिरहेकै बेला खुमलटारमा थपिए बामदेव

काठमाडौं, ४ पुस । नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खुमलटारमा भइरहेको छलफलमा नेकपा उपाध्यक्ष बामदेव गौतम पनि थपिएका छन् । पार्टी विवादका विषयमा प्रचण्डसँग छलफल गर्न ओली आज (शनिबार) बिहान ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका हुन् । दुई अध्यक्षबीच छलफल...

December 19th, 2020

ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चाल्न वाध्य हुन्छौं : प्रचण्ड

काठमाडौं, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको प्रदेशस्तरीय भेला सकिएको छ । पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजेबाट शुरु भएको भलामा प्रचण्ड–नेपाल समूह निकट प्रदेश–१ का जिल्ला अध्यक्ष तथा सचिवहरू सहभागी थिए ।भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ...

December 18th, 2020

अध्यादेश अलोकतान्त्रिक- देउवा

काठमाडौं, ३० मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदको ऐन संशोधनका लागि सरकारले आज ल्याएको अध्यादेशको आलोचना गरेका छन् । उनले संसद अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भन्दै सवंसत्तावादी सोच प्रष्टिएको टिप्पणी गरेका छन् । आज ट्वीटमार्फत् देउवाले उपसभामुख पद खाली राखेर, सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन...

December 15th, 2020

नेकपाको सचिवालय बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । यस अघि प्रधानमन्त्री ओलीले बैठकमा सहभागी नहु्ने अडान लिएका थिए । प्रधानमन्त्री ओली बैठकका लागि तयार नभए पनि बालुवाटारमै बैठक राख्ने...

November 18th, 2020

ओलीलाई गौतमको सुझाव : कार्यशैली सुधार्नुस्, अहिलेकै अवस्थामा सहयोग गर्न सकिँदैन

काठमाडौं। पार्टीका सबै कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान साढे नौ बजे उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटारमा बोलाए। गौतमलाई बालुवाटार बोलाउनु अघि विहान आढे आठ बजे महासचिव विष्णु पौडेल बालुवाटार पुगेका थिए। प्रधानमन्त्री र अर्थमन्त्री समेत रहेका महासचिव पौडेलबीच करिव एक घण्टा छलफल भएपछि...

November 15th, 2020