कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

जनादेशलाई दराजमा थन्काउन पाइँदैन ः नेम्वाङ

काठमाडौँ, २३ पुस (रासस)ः नेकपा (एमाले)का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयको अन्तक्र्रियामा उहाँले जनादेशलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पु¥याउनुमा जोड दिँदै निर्वाचन आयोगलाई...

January 7th, 2018

‘गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय’

भक्तपुर, २३ पुस (रासस) ः नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको विचार व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “एमाले र माओवादी केन्द्रबीच रहेको वाम गठबन्धन तोड्न...

January 7th, 2018

झोलुंगे पुल बन्दा बाजागाजासहित खुशीयाली

चम्पादेवी, ओखलढुंगा, २२ पुस (रासस) ः आधुनिकताले जतिसुकै फड्को मारे पनि यहाँका बासिन्दा झोलुंगे पुल निर्माण हुँदा बाजागासहित खुशी मनाउँछन् । मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खाङसाङबाट ओखलढुंगाको पलापु जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएपछि ७३ वर्षीया रत्नकुमारी सार्की हर्षित हुनुहुन्छ । वर्षौंदेखि सुनकोशी नदी पार गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता...

January 6th, 2018

फोहर फालेको उजुरी गर्नेलाई भत्ता

पथरी, मोरङ, २२ पुस (रासस) ः विराटनगर नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ । यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ । यो नीति अख्तियारी...

January 6th, 2018

गायिका अन्जु पन्तको स्वरमा गीतकार संगीता उप्रेतीको कसैले गरेको भुल हुँ म सार्वजानिक ( भिडियो सहित )

कसैले गरेको भुल हुँ म शब्द ,संगीत , स्वर अनि अनि उत्कृट म्युजिक भिडियो संयोजन  यो गीतको भावले सबै लाई भाबुक बनाउछ |   गीतकार तथा समाजसेवी संगीता उप्रेती रिजालको सामाजिक परिबेस ले ओतप्रोत भएको  गायिका अन्जु पन्तको सुमधुर आवाजमा म्युजिक भिडियो सहित सार्बजानिक भएको छ l लामो समय देखि...

January 5th, 2018

तेह्र किलो ५०० ग्राम गाँजासहित एक महिला पक्राउ

भक्तपुर, २१ पुस (रासस) ः भक्तपुर चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट बिहिवार पक्राउ गरेको हो । तामाङले आफ्नै घरकोठामा गाँजा सञ्चित...

January 5th, 2018

सरकार गठन अगाडि नै पार्टी एकताः अध्यक्ष दाहाल

चितवन, २० पुस (रासस) ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार गठन अगाडि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवन शाखाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी एकताका विषयमा दुई...

January 4th, 2018

धनकुटामा आम हड्तालले जनजीवन प्रभावित

धनकुटामा जारी आम हड्तालले जनजीवन प्रभावित बनेको छ । प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड बन्द गराएका छन् । बन्दका कारण दर्जनौं सवारी साधन धनकुटाको आत्मारा ढाट तथा जिरो प्वाइन्टमा रोकिएका छन् । ति स्थानमा सयौंको संख्यामा स्थानीयवासीले प्रदर्शन गरिरहेका छन्...

January 3rd, 2018

सात वटै प्रदेशको अस्थायी राजधानी प्रस्ताव

काठमाडौँ, १८ पुस (रासस) ः सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताउनुभयो...

January 2nd, 2018

नारायणगढ–मुग्लिन सडक आज रातिदेखि यातायात बन्द

चितवन, १८ पुस (रासस) ः नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । काममा सन्तोषजनक प्रगति...

January 2nd, 2018